भारतमा एकैदिन ३ लाख ४७ हजार संक्रमित, ७०३ जनाको मृत्यु

७ माघ,  काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या बढिरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४७ हजार २५४ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ७०३ जनाको मृत्यु भएको छ ।

भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १७.९४ प्रतिशत रहेको छ । 

त्यस्तै भारतमा एकै दिन २ लाख ५१ हजार ७७७ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या २० लाख नाघेको छ । अहिले भारतमा २० लाख १८ हजार कोरोनाका सक्रिय केस रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८८ हजार १९६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।