पूर्वसांसद मानन्धरको निधन

७ माघ,  काठमाडौँ । पूर्वसांसद एवं साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल पु¥याएको केही बेरमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिए । विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा मानन्धर संस्थापक सञ्चालकका रुपमा रहेको थियो ।

लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीबारसम्म मानन्धर एक जना मात्र जीवित थिए । लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आएको थियो । नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि मानन्धर त्यसको संस्थापक सञ्चालक भएको थिए । व्यवसायका साथै नेकपा एमालेको राजनीतिमा पनि सक्रिय थिए । मानन्धरले नेपाल भाषाको सम्वद्र्धनमा पनि काम गरेका थिए ।

मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टि अघि ठहिटीस्थित उनको निवासबाट शवयात्रा गरिने छ । मानन्धरका दुई छोरा र दुई छोरी छन् ।