कङ्गोमामा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

In this handout photograph released by the Bangladesh Coast Guard on January 29, 2015, the sinking boat which was carrying migrants headed for Malaysia, drifts in the waters off Kutubdia, in the Cox’s Bazaar District. Dozens of people are missing after an overloaded fishing trawler carrying migrants to Malaysia sank in strong currents off the coast of Bangladesh, officials said. AFP PHOTO/ Bangladesh Coast Guard —-EDITORS NOTE—- RESTRICTED TO EDITORIAL USE – MANDATORY CREDIT – “AFP PHOTO / BANGLADESH COAST GUARD” – NO MARKETING NO ADVERTISING CAMPAIGNS – DISTRIBUTED AS A SERVICE TO CLIENTS—–

७ माघ, एजेन्सी । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक भारका कारण दुर्घटना भएको हुनसक्ने  संयुक्त राष्ट्रसंघ समर्थित समाचार आउटलेट रेडियो ओकापीले केही जीवित व्यक्तिहरूको भनाइलाई उद्धृत गर्दै जनाएको छ।

विशेष गरी कङ्गो नदीमा  प्रायः रातको यात्रा, ओभरलोड र जहाजहरूको खराब अवस्थाका कारण बारम्बार दुर्घटना हुने गर्दछ ।