काठमाडौँ उपत्यकामा थपिए ६३४३ संक्रमित

६ माघ,  काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३४३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ४६६६६ जना, ललितपुरमा १०१९ जना र भक्तपुरमा ५७८ जना गरि कुल ६३४३ जना संक्रमित थपिएका हुन् ।

नेपालमा थप ११३५२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ९५०२ र एन्टीजेन परिक्षणबाट १८५१ गरि कुल ११३५३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४७ हजार ९२९ पुगेका छन् । त्यस्तै आइसीयुमा १५१ जना छन् भने देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १४१४ जना छन् भने होम आइसोलेसनमा ४६ हजार ५१५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको छ ।