त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
६ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमण बढेसँगै त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वास्थ्यका मापदण्ड पालना नभए त्रिविका परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए ।
त्रिभुवन विश्वविद्यालयको सूचना


प्रतिकृया दिनुहोस्