राष्ट्रियसभा चुनावमा एमाले र लोसपाबीच सहकार्य, तैपनि सत्ता गठबन्धन ४६९२ मतले अघि

६ माघ, काठमाडौं। मधेश प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन बनेको छ।

एमले मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुवै पार्टीबीच गठबन्धन बनेको जानकारी दिएका हुन्।

उनीहरूका अनुसार एमालेका उम्मेदवार उसमान अंसारी ९सूर्य छाप० र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव ९साईकल छाप० लाई मतदान गर्ने सहमति भएको छ ।

मधेश प्रदेशमा लोसपाको मतभार १५६० छ भने एमालेसँग जम्मा ९४२ छ। राष्ट्रियसभा चुनावमा स्थानीय तहका पदाधिकारी र प्रदेश सांसद मतदाता रहने संवैधानिक व्यवस्था छ।

स्थानीय तहका पदाधिकारीको मतभार १८ र प्रदेश सांसदको ४८ छ।

लोसपाको प्रदेशभामा १६ जना सांसद र स्थानीय तहमा ४४ पदाधिकारी छन् भने एमालेको प्रदेश सांसद ८ र पालिका तहमा पदाधिकारी ३१ जना मात्रै छ। उता सत्ता गठबन्धनसँग प्रदेशसभामा मत भार ७१९४ छ।

एमाले र लोसपाबीचको गठबन्धन बन्दा जम्मा मतभार २५०२ हुन्छ। जुन पाँच दलीय सत्ता गठबन्धनभन्दा ४६९२ ले कम हो।

राष्ट्रिय सभा सदस्यको निर्वाचन यही १२ माघमा निर्वाचन हुँदै छ ।