आज ११ हजार ३५२ संक्रमित थपिए

५ माघ, काठमाडौँ । नेपालमा थप ११३५२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ९५०२ र एन्टीजेन परिक्षणबाट १८५१ गरि कुल ११३५३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४.२ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १२६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १८०७८ पिसिआर र ५३१८ नमुना एन्टीजेन परिक्षण गरि कुल २३४०९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४७ हजार ९२९ पुगेका छन् । त्यस्तै आइसीयुमा १५१ जना छन् भने देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।