नेपालमा कोरोनाः २४ घण्टामा १० हजार २५८ संक्रमित थपिए

४ माघ, काठमाडौँ । नेपालमा थप १०२५८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८७३० र एन्टीजेन परिक्षणबाट १५२८ गरि कुल १०२५८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५६२  जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४.२ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०० जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १७८७२ पिसिआर र ४९५६ नमुना एन्टीजेन परिक्षण गरि कुल २२८२८ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ४४ पुगेका छन् । त्यस्तै आइसीयुमा १५१ जना छन् भने देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १२१८ जना छन् भने होम आइसोलेसनमा ३७ हजार ८२६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।