काठमाडौँ उपत्यकामा थपिए ५५४९ संक्रमित

४ माघ,  काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५५४९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ४००४ जना, ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जना गरि कुल ५५४९ जना संक्रमित थपिएका हुन् ।

हाल काठमाडौँ उपत्यकामा कुल २४५९६ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा १७७०९ जना, ललितपुरमा ४४७१ जना र भक्तपुरमा २३९६ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा थप १०२५८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८७३० र एन्टीजेन परिक्षणबाट १५२८ गरि कुल १०२५८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ४४ पुगेका छन् । त्यस्तै आइसीयुमा १५१ जना छन् भने देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १२१८ जना छन् भने होम आइसोलेसनमा ३७ हजार ८२६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १४८ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।