स्थानीय तहको निर्वाचन गर्ने गठबन्धनको निर्णय

४ माघ,  काठमाडौँ । सत्तारूढ पाँच दलिए गठबन्धनको बैठकले तोकिएको समयमानै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संबिधानले तोके बमोजिम नै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी दिएका छन् ।

प्रवक्ता कार्कीले आजको बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने विषयमा समेत छलफल भएको उनले बताए ।

कार्कीले भने- ‘सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ र छिटै संबिधानले तोके बमोजिमनै समयमा स्थानीय तहको निर्वाचन हुन्छ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गठबन्धनका  राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलको संयोजकत्वमा बैठक बसेको थियो  ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले स्थानीय निर्वाचनको मिति तोक्न ढिलाई गरेपछि आशंका बढेको थियो । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाइरहेको छ ।