प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम
जनकपुरधाम – प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम भएको छ।
मंगलबार बसेको प्रदेशसभा बैठकले दुई तिहाइ भन्दा बढी मतले जनकपुरको पक्षमा मतदान गरेको हो।
प्रदेशसभामा खसेको ९९ मत मध्ये ७८ जना सांसदले जनकपुरको पक्षमा मतदान गरेका छन् जुन ७८.७८ प्रतिशत हो।
प्रदेशको स्थायी राजधानी कायम हुन प्रदेशसभाको दुई तिहाइ बहुमतले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
प्रदेशसभामा हाल १ सय ४ जना सांसद छन्।
सभामुख सरोज यादवले प्रदेशको राजधानी दुई तिहाइ बहुमतले पारित भएको निर्णय सुनाएका छन्।
प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुको तर्फबाट संयुक्त रुपमा जनकपुरलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएको थियो। सांसदहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेका थिए।
जनकपुरको पक्षमा दुई तिहाइ बहुमत पुगेपछि वीरगञ्जलाई राजधानी बनाउनुपर्ने प्रस्ताव कार्यसूचीबाट हटेको छ।
प्रतिकृया दिनुहोस्