कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा, उरुग्वे पेनाल्टी सुटआउटमा पराजित

२० असार, काठमाडौँ । कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न क्वाटरफाइनलको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको हो ।
कोलम्बिया र उरुग्वेबीच निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।
पेनाल्टी सुटआउटमा उरुग्वेका दुई खेलाडीले पेनाल्टी मिस गरेका थिए ।
उरुग्वेका जोस गिमेनेज र माटियास भिनाले पेनाल्टी मिस गरेपछि कोलम्बियाले ४-२ ले खेल जितेको थियो ।
अब कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना र इक्वेडरबीचको विजेतासँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस्