इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा
२० असार, काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको हो ।
अर्जेन्टिनाको जितमा रोड्रीगो डी पाउल, लाउतारो मार्टिनज र लियोनेल मेसीले एक एक गोल गरेका थिए ।
त्यस्तै यस खेलमा खेलको ९२औ मिनेटमा इक्वेडरका पिएरो हिनक्यापले रातो कार्ड पाएका थिए ।
जितसँगै अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने छ । अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६:४५ बजे हुने छ ।
त्यस्तै पहिलो सेमिफाइनलमा भने ब्राजिलले पेरुको सामना गर्ने छ । ब्राजिल र पेरुबीचको खेल नेपाली समय अनुसार मंगलबार बिहान ४:४५ बजे हुने छ ।

प्रतिकृया दिनुहोस्