युक्रेनमाथि शानदार जित हासिल गर्दै इङल्याण्ड युरोकपको सेमिफाइनलमा

२० असार,  काठमाडौँ । इङल्याण्ड युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा इङल्याण्डले युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

इङल्याण्डको जितमा ह्यारी केनले दुई गोल गरेका थिए भने जेम्स हेण्डरसन र माग्युरोले एक एक गोल गरेका थिए ।

अब इङल्याण्डले सेमिफाइनलमा डेनमार्कविरुद्ध खेल्ने छ ।

योसँगै युरोकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । पहिलो सेमिफाइनलमा इटाली र स्पेन खेल्ने छन् । पहिलो सेमिफाइनल खेल आगामी मंगलबार राति हुने छ भने दोस्रो सेमिफाइनल खेल बुधबार राति हुने छ ।