गिरिजा कांग्रेसका कुशल संगठनकर्ता : महामन्त्री डा. कोइराला

g]kfnL sfFu|]; /Tggu/ gu/ ;ldltn] zlgaf/ /Tggu/df cfof]hgf u/]sf] sfo{stf{ e]63f6 sfo{qmddf ;Daf]wg ub}{} g]kfnL sfFu|]; dxfdGqL 8f= zzf+s sf]O{/fnf . t:jL/ M gf/fo0f clwsf/L , lrtjg, /f;;÷

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्व. गिरिजाप्रसाद कोइराला पार्टीको कुशल संगठनकर्ता भएको बताएका छन् ।

कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाको ९८औं जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले बिहीवार आयोजना गरेको ‘गिरिजाप्रसाद कोइरालाः प्रजातन्त्रको लागि संघर्ष’ विषयक भर्चुअल अन्तर्क्रियामा उनले गाउँगाउँमा पुगेर पार्टीको संगठन विस्तार गर्ने नेता गिरिजा भएको बताए ।

‘लोकतन्त्र सुदृढीकरण, आर्थिक समृद्धि, सामाजिक विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्नुभएका स्व. कोइराला क्रान्तिकारी र परिवर्तनशील नेता हुनुहुन्थ्यो,’ उनले भने ।

वामपन्थी नेता एवं पूर्व उपप्रधानमन्त्री अमिक शेरचनले कांग्रेस र कम्युनिस्टबीच रहेको अन्तरविरोधलाई अन्त्य गर्न गिरिजाको महत्त्वपूर्ण योगदान रहेको बताए ।

लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाले बोलेको कुरालाई अक्षरशः पालना गर्ने प्रतिवद्ध र इमान्दारी नेता भएको उनले स्मरण गरे । ‘१२ बुँदे सहमति र गणतन्त्र स्थापना भारत सरकारका पहलमा भएको भन्ने कुरा हल्ला मात्र हो,’ उनले भने ।

नेता शेरचनले जनआन्दोलन, जनयुद्ध र गिरिजाको सफल नेतृत्वको कारण देशमा गणतन्त्र स्थापना भएको उल्लेख गरे ।

कांग्रेसका नेत्री सुजाता कोइरालाले नेपालको आर्थिक विकासको जग गिरिजाले नेतृत्व गरेको सरकारको पालादेखि शुरूआत भएको बताइन् ।

‘गिरिजाले ल्याएको आर्थिक उदारीकरणको नीतिले देशमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधारको विकास भएको हो,’ उनले भनिन् । उनले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख गरिन् ।

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले गिरिजाले नेपालको प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलन र मुलुकको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको अथक योगदानलाई जीवन्त बनाउन आवश्यक रहेकामा जोड दिए । उनले भने, ‘कांग्रेसले गिरिजाको सपनालाई पूरा गर्नुपर्छ ।’