ट्रम्प अर्गनाइजेसनलाई लाग्यो कर छलीको आरोप !

१८ असार,  काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनि ट्रम्प अर्गनाइजेसन र उनका फाइनान्स प्रमुखलाई कर छलीको आरोप लागेको छ ।

ट्रम्प अर्गनाइजेसनक फाइनान्स प्रमुख ७३ बर्षिय एलेन विसेलबर्गलाई न्यूयोर्कका अधिकारीहरुले १.७ मिलियन डलर आयको कर छलेको आरोप लगाएका छन् ।

अधिकारीहरुले ट्रम्पको अर्गनाइजेसनले १५ बर्ष लामो स्किमका कारण उनले आफ्नो आयको कर छलेको बताएका छन् । अर्गनाइजेसनले २००५ मा ल्याएको स्किमका कारण कर छलेको बताउदै उच्च तहका कर्मचारीहरुको घर भाडा, स्कुलको फिस जस्ता खर्चहरु कर्मचारीले नदेखाएको आरोप लागेको छ ।

ट्रम्प अर्गनाइजेसनले आफ्ना कर्मचारीलाई ल्याएको स्किमका कारण केन्द्र, राज्य र स्थानीय तहमा कर्मचारीहरुले तिर्नुपर्ने कर भन्दा निकै कम तिर्न पर्ने बनाइएको आरोप लगाइएको छ ।

ट्रम्प पक्षले भने आफुहरुले कम्पनीले दिएको सुबिधा उपभोग गरेको बताउदै यसकालागी अदालतमा लड्ने बताएका छन् । ट्रम्प पक्षले यो कारवाही राजनीतिबाट प्रेरित भएको समेत टिप्पणी गरेका छन्  ।