एमालेको महाधिवेशन आयोजक कमिटी भंग

१७ असार,  काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भंग भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको दशौ महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले आयोजक कमिटी खारेज गर्दै २०७५ जेठ ३ गतेअघिको पार्टीका कमिटीहरुलाई क्रियाशील बनाएको हो । 

महाधिवेशन आयोजक कमिटी खारेजसँगै यसअघि माधवकुमार नेपालसहित ११ जना नेतामाथि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी २ सय ३ सदस्यीय हो । तर, माओवादीसँग एकता हुँदा जेठ ३ मा ३८ सदस्य थपेर केन्द्रीय कमिटी २ सय ४१ सदस्यीय बनाइएको थियो ।

एमालेको ब्यूँतिएको केन्द्रीय कमिटीको बैठक आगामी शुक्रबार काठमाडौंमा बस्ने गरी बोलाइएको छ ।