कपिलवस्तुमा पाँच विद्यार्थी संगठनको विरोध प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाइयो

१७ असार,  कपिलवस्तु । कपिलवस्तुमा पाँच राजनितिक दलका भातृ संगठनहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

जिल्लाको बुद्धभूमि नगरपालिकास्थित गोरुसिँगेमा मुख्य पाँच राजनितिक दलका विद्यार्थी संगठनहरुले नाराबाजीसहित प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

अनेरास्ववियु क्रान्तिकारीका हरिशचन्द्र खनाल, नेपाल विद्यार्थी संघका राकेश पाण्डे, नेकपा एमाले खनाल–नेपाल समुहका दिपक अनुरागी लगायत अखिल छैठौँ सहितका पाँच राजनितिक दलका विद्यार्थी संगठनहरुले नाराबाजीसहित विरोध प्रर्दशन गरेका थिए । प्रर्दशनका क्रममा प्रहरी हस्तक्षेपका कारण केहीबेर अवस्था तावनपूर्ण बनेको थियो ।

ओली सरकारले पटक पटक असंवैधानिक कदमहरु चालिरहेको भन्दै विद्यार्थी नेताहरुले तत्काल प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् । 

बिरोध प्रर्दशनमा नेविसंघ जिल्ला उप सभापति शंकर न्यौपाने, महाधिवेशन प्रतिनिधि रुपक खनाल, नेविसंघ बुद्धभूमि नगर सभापति अच्युत अर्याल, नेविसंघ नेता विशाल अधिकारी, कल्याण खनाल, अखिल क्रान्तिकारीका मोहन शर्मा लगाएतका नेताहरुको सहभागी रहेका थिए ।

प्रमुख पाँच विद्यार्थी संगठन हरुले आज काठमाडौँ उपत्यकामा प्रधानमन्त्रीको पुत्ला दहन कार्यक्रम तय गरेका छन् ।