कमला नदीले जलसतह नाघ्यो, धनुषा-सिराहालगायत तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
१७ असार, काठमाडौँ । सिन्धुली जिल्लास्थित कमला नदीमा बाढीले जल सतह परे गरेपछि तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।
बिभागले कमला नदीको रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेकाले धनुषा, सिराहालगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा बस्ने सबैले आज राति सम्म नै सतर्क रहन र सुरक्षित स्थानमा बस्न आगह गरेको हो ।
मौसम बिभागले आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै आज प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ ।
प्रतिकृया दिनुहोस्