कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, कहाँ कहाँ पर्दैछ पानी ?

१७ असार,  काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको र हाल देशको तराई भू-भाग नजिक  मनसुनी न्युन चापिय रेखा रहेको छ ।

महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भई एक/दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित भारी वर्षा  भईरहेको छ। बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टा प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन  सबैमा अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान                       

२०७८ असार १७ गते (बिहीबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार १८ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित  भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार १९ गते (शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित  भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित भारी/ धेरै  भारी वर्षाको सम्भावना रहेको छ ।