कोपा अमेरिकाको गोल्डेन बुटमा मेसी अगाडी
१६ असार, काठमाडौँ । कोपा अमेरिका अन्तर्गत समुह चरणका खेलहरु सकिएर अब ८ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
समुह चरणका खेल सकिदा गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनेल मेसी सबैभन्दा आगाडी रहेका छन् ।
मेसीले ४ खेलमा ३ गोल गर्दै गोल्डेन बुटको दौडमा आफुलाई अगाडी राखेका छन् । मेसीले बोलिभियाविरुद्ध २ र चिलीविरुद्ध एक गोल गरेका थिए ।
त्यस्तै यस सूचीमा अन्य ८ खेलाडीले २-२ गोल गरेर मेसीलाई पछ्याइरहेका छन् ।
जसमा अर्जेन्टिनाका अलेजान्द्रो गोमेजम ब्राजिलका नेइमार, उरुग्वेका एडिनसन कभानी, चिलीका एडुआर्ड़ो भारगास, इक्वेडरका अर्टोन प्रेसिआडो, पराग्वेका एन्जल रोमेरो, पेरुका आन्द्रे कारिलो रहेका छन् ।
कोपा अमेरिकाका अहिलेसम्म खेलिएका २० खेलमा कुल ४६ गोल भएको छ ।
त्यस्तै जारी कोपामा अहिलेसम्म तीन खेलाडीले आत्मघाती गोल गरेका छन् ।

प्रतिकृया दिनुहोस्