जर्मनीलाई हराउदै इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा

१६ असार,  काठमाडौँ । इङल्याण्ड युरोकप अन्तर्गत क्वाटरफाइनलमा पुगेको छ ।  गएराती सम्पन्न खेलमा जर्मनीलाई २-० गोल अन्तरले परजित गर्दै इङल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । 

इङल्याण्डको जितमा रहीम स्टरलिङ र ह्यारी केनले एक एक गोल गरेका थिए । 

पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा खेलको ७५औ मिनेटमा स्टरलिङले गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका थिए भने केनले खेलको ८६औ मिनेटमा गोल गर्दै इङल्याण्डको अग्रता दोब्बर पारेका थिए । 

यो हारपछि जर्मनी युरोकपबाट बाहिरिएको छ । 

त्यस्तै क्वाटरफाइनलमा पुगेको इङल्याण्डले अब युक्रेनको सामना गर्ने भएको छ ।