लुम्बिनीमा ४५ प्रतिशत रोपाई सकियो

१५ असार,  बुटवल । लुम्बिनी प्रदेशमा यो वर्ष करिब ४६ प्रतिशत रोपाई सकिएको छ । प्रदेशभरी धान खेती हुने कुल ३ लाख ३४ हजार ६७५ हेक्टर क्षत्रफल मध्ये १ लाख ५३ हजार ३ दशमल ५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा ४५ दशमलव ७ प्रतिशत रोपाई सकिएको छ । यो तथ्याङ्क असार ११ गतेसम्मको हो । यहि अवधिमा गत वर्षको तुलनामा रोपाई कम भएको छ । गत वर्ष ४८ दशमलव २ प्रतिशत रोपाई सकिएको थियो ।

लुम्बिनीको रोल्पामा यो वर्ष सबैभन्दा बढी ९० प्रतिशत रोपाई सकिएको छ । जिल्लामा धान खेती हुने ४ हजार ८९० हेक्टर क्षत्रफल मध्ये ४ हजार ४०१ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । यसैगरी प्युठानमा ८० प्रतिशत रोपाई सकिएको छ । धान खेती हुने ६ हजार २ सय हेक्टर क्षेत्रफल मध्ये ४ हजार ९ सय ६० हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । बर्दिया र रुकुम पुर्वमा ६३ प्रतिशत रोपाई सकिएको छ ।

मन्त्रालयको असार ११ गतेसम्मको तथ्याङ्क अनुसार गुल्मीमा सबैभन्दा कम ७ प्रतिशत रोपाई भएको छ । धान खेती हुने कुल १० हजार २४६ हेक्टर क्षेत्रफल मध्ये ८३९ हेक्टरमा मात्रै रोपाई सकिएको हो ।

लुम्बिनी प्रदेशको सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा यो वर्ष २४ दशमलव ९ प्रतिशत मात्रै रोपाई सकिएको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा २ दशमलव ८ प्रतिशतले कमी हो ।

गत वर्ष यही अवधिमा २७ दशमलव ७ प्रतिशत रोपाई सकिएको थियो । जिल्लामा कुल खेती योग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफल मध्ये ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गत वर्ष भने ६४ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो । यो अवधिसम्म यस वर्ष १७ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा कपिलवस्तुपछिको धान खेती हुने दोस्रो जिल्ला रुपन्देहीमा ५५ प्रतिशत रोपाई सकिएको छ । यही अवधिमा गत वर्ष ५६ दशमलव ८ प्रतिशत रोपाई सकिएको थियो । जिल्लामा कुल ८२ हजार ६२२ खेतीयोग्य जमिन मध्ये ६९ हजार ७०० हेक्टर क्षेत्रलफलमा धान खेती हुने गरेको छ । गत वर्ष भने ६७ हजार ५५० हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको थियो । यो वर्ष ३८ हजार ३ सय ३५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

धान खेती हुने मूख्य जिल्लाहरु मध्येकै तराईको जिल्ला दाङमा ६० प्रतिश रोपाई सकिएको छ । जिल्लामा हालसम्म २३ हजार २२६ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो । जिल्लामा कुल ६९ हजार ९५० हेक्टर खेतीयोग्य जमिन मध्ये ३८ हजार ७१० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । गत वर्ष भने ३७ हजार ९३६ हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो ।

यसैगरी नवलपरासीको सुस्ता पश्चिममा यो वर्ष ६० प्रतिशत रोपाई सकिएको छ । कुल १३ हजार ९०५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो । जिल्लामा २३ हजार १७५ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएको छ । पाल्पामा ३० दशमलव ७ प्रतिशत रोपाई सकिएको छ । धान खेती हुने कुल ९१०० हेक्टर क्षेत्रफल मध्ये २ हजार ७९७ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो । 

यसैगरी लुम्बिनी प्रदेका जिल्लाहरु खर्घाखाँचीमा ५७ दशमलव ८ प्रतिशत, बर्दिया र रुकुम पूर्वमा ६३ प्रतिशत रोपाई सकिएको छ ।लुम्बिनी प्रदेशको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी संजीव ढकालले यो हप्ताको अन्यसम्ममा प्रदेशमा ६० देखि ६५ पैतिशतसम्म रोपाई सकिने अनुमान गरिएको छ । मौसमले यसगरी साथ दिएको अवस्थामा साउनको पहिलो हप्तासम्ममा रोपाई सकिने छ ।