भारतमा २४ घण्टामा ३७ हजार संक्रमित, ९०७ जनाको मृत्यु

१५ असार,  काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको भएपनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ९०७ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ३७ हजार ५६६ संक्रमित भएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ६३७ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या ३ करोड ३ लाख १६ हजार ८९७ पुगेको छ भने अहिले भारतमा ५ लाख ५२ हजार ६५९ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५६ हजार ९९४ संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म २ करोड ९३ लाख ६६ हजार ६०१ संक्रमण मुक्त भएका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ४० करोड ८१ लाख ३९ हजार २८७ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १७ लाख ६८ हजार ८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।