स्वतन्त्र सांसदका रुपमा मान्यता दिन भुसालको निवेदन

१४ असार,  काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य बेदुराम भुसालले राष्ट्रिय सभामा स्वतन्त्र सांसदका रुपमा मान्यता दिन संसद सचिवालयमा निवेदन दिएका छन्। 

नेकपा कायम हुदा राष्ट्रिय सभामा निर्वाचित भएका भुसालले नेकपा खारेज भएकाले आफु दल विहिन अवस्थामा रहेको बताउँदै आइतबार संसद सचिवालयमा निवेदन दिएका हुन् ।

सर्वोच्च अदालतले २०७७ फागुन २३ गते आफू निर्वाचित पार्टी नेकपाको अस्तित्व समाप्त गरेपछि नै स्वतन्त्र सांसद रहेको उनले उल्लेख गरेका छन । 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन असार १७ गते आव्हान गरेको अवस्थामा एमालेमा नेपाल पक्षका भुसालले दिएको यो निवेदनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।