पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकपको क्वाटरफाइनलमा

१४ असार,  काठमाडौँ । बेल्जियम युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकपको क्वाटरफाइनलमा पुगेको हो ।

बेल्जियमको जितमा खेलको ४२औ मिनेटमा थोर्गन हजार्डले गरेको गोलनै निर्णायक गोल बनेको थियो ।

योसँगै बेल्जियम क्वाटरफाइनलमा पुगेको छ भने पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ ।

यस युरोकपमा बेल्जियमसँगै इटाली, डेनमार्क र चेक रिपब्लिक क्वाटरफाइनलमा पुगेका छन् । 

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीको सामना गर्ने छ ।