ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो
१४ असार, काठमाडौँ । जारी कोपा अमेरिका अन्तर्गत ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ ।
सोमबार बिहान सम्पन्न खेलमा ब्राजिल र इक्वेडर १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
ब्राजिलका लागि खेलको ३७औ मिनेटमा एडर मिलिताओले गोल गरेका थिए भने इक्वेडरका एंगल मिनाले खेलको ५३औं मिनेटमा गोल फर्काउदै बराबरी गरेका थिए ।
त्यस्तै समुह बि अन्तर्गतको अर्को खेलमा पेरुले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गरेको छ ।
योसँगै समुह बि को समुह चरणका खेलहरु सकिएका छन् । यस समुहबाट ब्राजिल १० अंकसहित पहिलो हुदै, पेरु ७ अंकसहित दोस्रो हुदै, कोलम्बिया ४ अंकसहित तेस्रो हुदै र इक्वेडर ३ अंकसहित चौथो हुदै क्वाटरफाइनलमा पुगेका छन् ।
त्यस्तै भेनेजुएला केबल २ अंक सहित पाँचौ स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस्