भारतको कश्मिरमा प्रहरी अधिकृत र पत्नीको गोली हानी हत्या, छोरी घाइते

१४ असार,  काठमाडौँ । भारतको जम्मू कश्मिरस्थित पुलवा जिल्लामा चरमपन्थीहरुको एक समुहले स्पेशल पुलिस अफिसर र उनकी पत्नीको गोली हानी हत्या गरेका छन् ।

घटनामा उनकी छोरी घाइते भएको र हाल अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गएराती करिब ११ बजे प्रहरी अधिकृत फैयाज अहमदको घर भित्र पसेर गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

घटनापछि प्रहरी अफिसरसहित सबैलाई अस्पताल लागिएको र छोरी राफिया मात्र जीवित रहेको बताइएको छ । घटना बारे जानकारी दिदै कश्मिर क्षेत्र प्रहरीले हाल सुरक्षा बलले घरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।