युरोकपमा क्रोसिया र स्पेनबीच आज भिडन्त

१४ असार,  काठमाडौँ । युरोकपको नकआउट चरण अन्तर्गत आज क्रोसिया र स्पेनबीच खेल हुदै छ । नेपाली समय अनुसार आज राति ९:४५ बजे यो खेल हुदै छ ।

समुह डी मा उपविजेता भएर नकआउट चरणमा पुगेको हो । क्रोसियाले समुह चरणमा एक खेल जित, एक बराबरी र एक खेलमा हार बेहोरेको थियो ।

त्यस्तै स्पेन पनि समुह इ बाट उपविजेता हुदै नक आउट चरणमा पुगेको हो । समुह चरणमा स्पेनले एक जित र २ खेलमा बराबरी खेलेको थियो ।

क्रोसिया र स्पेनबीच अहिलेसम्म ८ पटक खेल भएका छन् । जसमा क्रोसियाले ३ जित हासिल गरेको छ भने एक बराबरी खेलेको छ । त्यस्तै स्पेनले ४ खेलमा जित हासिल गरेको छ ।

यी दुवै टिमबीच पछिल्लो पटक २०१८ को नोभेम्बर १५ मा युइएफए नेसन्स लिग अन्तर्गत भएको खेलमा क्रोसिया ३-२ गोल अन्तरले विजयी भएको थियो ।

यस युरोकपमा स्पेन अपराजित रहेपनि पहिला दुई खेलमा बराबरीमा रोकिएको थियो । तर अन्तिम खेलमा स्लोभाकियालाई ५-० ले पराजित गरेर फर्ममा फर्किएको संकेत दिएको छ ।

त्यस्तै क्रोसियाले पनि अन्तिम खेलमा स्कटल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेर नकआउट चरणको यात्रा तय गरेको थियो ।

क्रोसियाका लागि स्पेनको खेल अघि ठुलो झट्का लागेको छ । कोरोना संक्रमित भएपछि आफ्न महत्वपूर्ण खेलाडी एवं यस युरोकपमा २ गोल गरेका इभान पेरिसिक युरोकपबाट बाहिरिएका छन् ।

समग्र टिमको कुरा गर्दा क्रोसियालाई पेरिसिकको अनुपस्थिति खेल्ने देखिन्छ भने स्पेन आफ्नो परम्परागत फुटबल खेल्ने स्टाइललाई पछ्याउदै क्रोसियाविरुद्ध सकारात्मक नतिजा निकाल्न सक्ने देखिन्छ ।

समुह चरणका खेलमा ठुला सरप्राइज नदेखिए पनि नकआउट चरणमा नेदरल्यान्ड्स, पोर्चुगल जस्ता टिम बाहिरिएकाले नतिजा बारे अनुमान गर्न भने मुश्किल छ ।   

स्पेन र क्रोसियाबीचको खेलको विजेताले क्वाटरफाइनलमा फ्रान्स र स्वीट्जरल्याण्डबीचको विजेतासँग खेल्ने छ । 

अहिलेसम्म युरोकपको क्वाटरफाइनलमा इटाली, डेनमार्क, चेक रिपब्लिक र बेल्जियम पुगिसकेका छन् । त्यस्तै नकआउट चरणमा पुगेका वेल्स, अस्ट्रिया, नेदरल्यान्ड्स र पोर्चुगल पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका छन् ।