एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक

१३ असार, काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते काठमाडौंमा बोलाएको हो । 

बैठक पछि एमाले प्रवक्ता प्रवक्ता प्रदीप ज्ञवालीले  पछिल्लो राजनीतिक अवस्था, कोरोना संक्रमण र प्राकृतिक प्रकोपका विषयमा छलफल भएको जानकारी दिदै यी विषयहरुमा छलफल गर्न महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको बताए ।