नेपालमा कोरोनाबाट एकैदिन ३० जनाको मृत्यु, २०१६ संक्रमित

१२ असार,  काठमाडौँ । नेपालमा थप २०१६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ११७४ र एन्टीजेन परिक्षणबाट ८४२ गरि कुल २०१६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९१.९ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ३६१ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ४७०४ पिसिआर  र ४८०६ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । 

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४२ हजार २४ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा २ हजार ८२५ जना रहेका छन् भने होम आइसोलेसनमा ३९ हजार १९९ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ७३४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये २२२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८९७५ पुगेको छ ।