भारतमा २४ घण्टामा ४८ हजार संक्रमित थपिए, ११८३ जनाको मृत्यु

१२ असार,  काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको भएपनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ११८३ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ४८ हजार ६९८ संक्रमित भएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ९४ हजार ४९३ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या ३ करोड १ लाख ८३ हजार १४३ पुगेको छ भने अहिले भारतमा ५ लाख ९५ हजार ५६५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६४ हजार ८१८ संक्रमण मुक्त भएका छन् । भारतमा अहिलेसम्म २ करोड ९१ लाख ९३ हजार ८५ संक्रमण मुक्त भएका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ४० करोड १८ लाख ११ हजार ८९२ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १७ लाख ४५ हजार ८०९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३१ करोड १७ लाख जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।