शुक्रबार सुनको मूल्य स्थिर

११ असार, काठमाडौं । शुक्रबार सुन मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रही ९० हजार ५ सयमा नै कारोबार भइरहेको छ ।

यसअघि विहिबार पनि छापावाला सुन तोलाको ९० हजार ५ सयमा नै कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा ५ रुपैँयाले बढेर प्रतितोला १३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।