प्रधान सेनापतिद्वारा पाइलट उपरथी राणालाई दर्ज्यानी चिन्ह प्रदान

११ असार, काठमाडौँ । प्रधान सेनापति पुर्णचन्द्र थापाले पाइलट उपरथी दर्जामा पदोन्नति भएका पाइलट सहायक रथी आशिश नरसिंह राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

असार ७ गतेको मन्त्रीपरिषद्को बैठकले राणालाई पाइलट उपरथीमा बढुवा गरेको थियो ।

राणालाई सेनापति थापाले शुक्रबार जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रमकाबीच पाइलट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् 

पाइलट उपरथी दर्जामा पदोन्नति भएका राणालाई सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।