अमेरिकाको मियामीमा १२ तले भवन ढल्दा ९९ जना बेपत्ता, एकको मृत्यु

११ असार,  काठमाडौँ । अमेरिकाको फ्लोरिडा राज्यको मियामी शहरमा एक १२ तले भवन ढल्दा कम्तिमा एक जनाको मृत्यु भएको छ ।

यस भवन ढल्दा अहिलेसम्म ९९ जना बेपत्ता रहेको सिएनएनले जनाएको छ ।

अहिलेसम्म ३७ जनालाई उद्धार गरिएको मिडिया रिपोर्टमा जनाइएको छ ।

अहिलेसम्म यस भवनमा कति जना थिए भन्ने स्पष्ट नभएको अमेरिकी मिडियाले बताएका छन् ।

मियामीको उत्तरी सर्फसाइडमा रहेको यो भवन १९८० मा बनेको र यस भवनमा २३० फ्ल्याट रहेको बताइएको छ ।

अहिले उद्धारको काम जारी रहेको छ भने फ्लोरिडाका गभर्नरले राज्यमा आपतकालको घोषणा गर्दै भवनमा फसेकाको खोजि, राहत र उद्दारमा लागिरहेको बताएको सिएनएनले उल्लेख गरेको छ ।