सुनको मूल्यमा सामान्य गिरावट
१० असार, काठमाडौं । विहिबार सुन मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले घटेर ९० हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १२९५ मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्