अन्तरिक्ष यात्रीसँग राष्ट्रपति सी को कुराकानी, स्पेस स्टेशनमा कस्तो छ उनीहरुको दैनिकी ?

१० असार,  काठमाडौँ । चीनको नयाँ स्पेस स्टेसनमा काम गरिरहेका तीन अन्तरिक्ष यात्रीको काममा अपराहन्न केहि बेर सुत्ने पनि सामेल छ ।

बुधबार स्पेस स्टेसनमा पुगेका तीन अन्तरिक्ष यात्री निए हुइशेंग, लिउ बोमिंग र टंग होंग्वेको एक भिडियो फुटेज जारी गरिएको छ ।

जसमा तिनै जना हावामा उड्दै केहि बेर सुत्ने प्रयास गरेको देखिएको छ ।

यो भिडियो उनीहरुको अन्तरिक्षमा गएपछि २४ घण्टा भित्रको हो । यँहा उनीहरु तीन महिनासम्म रहने छन् ।

यस अगागी चीनले २०१६ मा शेन्जू स्पेस मिशन पठाएको थियो । जसमा अन्तरिक्ष यात्री ३३ दिनसम्म स्पेश स्टेशनमा बसेका थिए ।

पछिल्लो पाँच बर्षमा चीनको अहिले तीन जना अन्तरिक्ष यात्री स्पेश स्टेशनमा पुगेका छन् । त्यस्तै यो मिशन चीनको अहिलेसम्मको सबै भन्दा लामो मिशन रहेको छ ।

तीन अन्तरिक्ष यात्री जुन १७ मा शेन्जू-१२ स्पेस फ्लाइटबाट स्पेश स्टेशनतर्फ गएका थिए ।

चीनको सरकारी च्यानल सेन्ट्रल चाइना टिभीमा प्रसारित भिडियोमा देखाइएको अनुसार अन्तरिक्षयात्रीहरुको काम विहान ८ बजे ग्राउण्ड कन्ट्रोलसँग कुराकानी गरेपछि शुरु हुने गर्दछ । यसपछि उनीहरु राति ९ बजेसम्म काम गर्दछन् । आखिरीमा उनीहरुले दिनभरीको कामको अपडेट दिने गर्दछन् ।

अन्तरिक्ष यात्रीहरुलाई सातामा एक दिन बिदा पनि दिने गरिएको उल्लेख छ ।

यसैबीच चिनिया राष्ट्रपति सि जीङपीङले अन्तरिक्ष यात्रीहरुसँग पाँच मिनेटसम्म कुराकानी गरेका छन् । राष्ट्रपति सी ले अन्तरिक्ष यात्रीहरुसँग भने- ‘तीन महिनासम्म तपाईहरु अन्तरिक्षमा बिताउदै हुनुहुन्छ । जब तपाईहरु आफ्नो काम गरिरहनु भएको हुने छ त्यति बेला तपाईहरुको काम र तपाईहरुको जीवन चिनियाँहरुको मुटुमा हुने छ ।’

साथै राष्ट्रपति सी ले अन्तरिक्ष यात्रीलाई चीनलाई नयाँ स्पेस युगमा लैजाने अभियानको प्रतिनिधित्व गरेको भन्दै आफ्नो काम पुरा गर्न आग्रह गरेका थिए ।

अन्तरिक्ष यात्रीहरु रोबोतिक आर्मको साथमा तयारी गरिरहेको र मोड्युलमा काम गर्नको लागि एक्स्ट्रावेहिकुलर स्पेस सूटको जाँच गरिरहेको भिडियोमा देखिन्छ ।

यी तीन अन्तरिक्ष यात्रीको पहिलो काम २२.५ टनको तियान्हे मोड्युललाई काममा ल्याउने हुने छ ।

यस मिशनलाई चीनको अन्तरिक्षमा आफ्नो क्षमता बढाउन र आत्मविश्वास बढाउन अभियानको रुपमा हेरिएको छ ।

पछिल्लो ६ महिनामा चीनले दुई मुश्किल र जटिल अभियानलाई सफलतापुर्वक पुरा गरेको छ । चीनले चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमुना पृथ्वीमा ल्याउने र ६ चक्का भएको चुरोग रोबोटलाई मंगलग्रहमा सफलतापुर्वक पुर्याउनु रहेका छन् ।