युरोकपमा नकआउट चरणको समिकरण पुरा, को कुन टिमसँग खेल्दै छ ?

१० असार,  काठमाडौँ । युरोकपमा नकआउट चरणको समिकरण पुरा भएको छ । गएराती समुह चरणका अन्तिम खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो ।

२४ टिमले भाग लिएको युरोकपमा ८ टिम बाहिरिएका छन् भने १६ टिम नकआउट चरणमा प्रवेश गरेका छन् ।

बाहिरिने टिममा समुह ए बाट टर्की, समुह बी बाट फिनल्याण्ड र रसिया, समुह सी बाट नर्थ मेसेडोनिया, समुह डी बाट स्कटल्याण्ड, समुह इ बाट स्लोभाकिया र पोल्याण्ड तथा समुह एफ बाट हंगेरी प्रतियोगिताबाट बाहिरिएका छन् ।

त्यस्तै समुह ए बाट इटाली र वेल्स पहिलो र दोस्रो हुदै नकआउटमा पुगेका छन् भने स्वीट्जरल्याण्ड तेस्रो हुने ६ टिम मध्ये उत्कृष्ट चारमा पर्दै नकआउटमा पुगेको छ ।

त्यस्तै समुह बी बाट बेल्जियम र डेनमार्क पहिलो र दोस्रो हुदै नकआउटमा पुगेका छन् ।

त्यस्तै समुह सी बाट नेदरल्यान्ड्स र अस्ट्रिया पहिलो र दोस्रो हुदै नकआउटमा पुगेका छन् भने युक्रेन तेस्रो हुने ६ टिम मध्ये उत्कृष्ट चारमा पर्दै नकआउटमा पुगेको छ ।

त्यस्तै समुह डी बाट इङल्याण्ड र क्रोसिया पहिलो र दोस्रो हुदै नकआउटमा पुगेका छन् भने चेक रिपब्लिक तेस्रो हुने ६ टिम मध्ये उत्कृष्ट चारमा पर्दै नकआउटमा पुगेको छ ।

त्यस्तै समुह इ बाट स्विडेन र स्पेन समुहमा पहिलो र दोस्रो हुदै नक आउट चरणमा पुगेका छन् ।

त्यस्तै गरि समुह एफमा फ्रान्स र जर्मनी पहिलो र दोस्रो हुदै नकआउटमा पुगेका छन् भने पोर्चुगल तेस्रो हुने ६ टिम मध्ये उत्कृष्ट चारमा पर्दै नकआउटमा पुगेको छ ।       

तेस्रो हुने ६ टिम मध्ये चेक रिपब्लिक, स्वीट्जरल्याण्ड, पोर्चुगल र युक्रेन नकआउटमा पुगेका छन् भने फिनल्याण्ड र स्लोभाकिया भने बाहिरिएका छन् ।

नकआउट चरणमा को कुन टिमसँग खेल्दै छ ?

नकआउट चरणमा वेल्सले डेनमार्कको सामना गर्ने भएको छ भने इटालीले अस्ट्रियाको सामना गर्दै छ ।

त्यस्तै बेल्जियमले पोर्चुगलको सामना गर्ने भएको छ भने नेदरल्यान्ड्सले चेक रिपब्लिकको सामना गर्दै छ ।

त्यस्तै फ्रान्सले स्वीट्जरल्याण्डको सामना गर्दै छ भने स्पेनले क्रोसियाको सामना गर्दै छ ।

त्यसैगरी स्विडेनले युक्रेनको सामना गर्दै छ भने इङल्याण्डले जर्मनीको सामना गर्दै छ ।

नकआउट चरणको पहिलो खेल शनिबारदेखि शुरु हुदै छन् । नकआउट चरणको पहिलो खेल वेल्स र डेनमार्कबीच हुदै छ ।