पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो
१० असार, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार स्वचालित मूल्य प्रणालीअनुसार समायोजनपछि पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य १ सय २७ रुपैयाँ, डिजेल र मट्टीतेलको समान १ सय १० रुपैयाँ हुनेछ ।
यस्तै, हवाई इन्धनको पनि मूल्य बढाइएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २० अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्