स्पेनमा हुने भनिएको नेपालसहितको त्रिकोणीय एकदिवसीय सिरिज स्थगित

१० असार,  काठमाडौँ । स्पेनमा हुने भनिएको आइसीसी सीडब्लुसी लिग-२ अन्तर्गतको त्रिकोणीय एकदिवसीय सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सिरिज जुलाई २०२२ सम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।

यस अघि अघिल्लो बर्ष सेप्टेम्बरमा हुने भनेको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको यो सिरिज स्पेन आयोजना गर्न तयार भएपछि यहि जुलाईमा हुने भनिएको थियो । तर अहिले कोरोना संक्रमणका कारण एक बर्ष पछि सरेको छ ।

नेपालले सिरिजको तयारीका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर तयारी शुरु गरेको थियो ।