नेप्सेमा ५१ अंकको गिरावट

९ असार, काठमाडौ । नेप्सेमा भिषण पहिरो गएको छ । आज बुधबार नेप्से ५१ दसमलव ६५ अंकले घटेर २८ सय ६२ दसमलव १८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ३७ अंकले घटेर पाँच सय २८ दसमलव ९७ बिन्दुमा झरेको छ ।

दुई सय १८ वटा कम्पनीहरुको ९१ हजार ७५ पटकको कारोवारमा एक करोड ९४ लाख १७ हजार पाँच सय ३२ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार छ सय ८१ रुपैयाँ पुगेको छ ।  

आज सबै गरी १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २८ दसमलव ५४ अंकले घटेर १९ सय १६ दसमलव ८९ बिन्दुमा झरेको जलबिद्युत समुहको सुचक पनि ७१ दसमलव ४९ अंकले घटेर २८ सय १९ दसमलव ४३ बिन्दुमा झरेको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ८० दसमलव १२ अंकले घटेर १४ हजार पाँच सय ३१  दसमलव ४२ अंकमा बिन्दुमा झरेकोमा बिकास बैंक, फाईनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको राधी जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ७१ प्रतिसतले बढेर १२ सय २० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको कालिका पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य भने पाँच दसमलव ६० प्रतिसतले घटेर चार सय ३८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १७ सय १३ रुपैयाँ अन्तिम मुल्यमा ५४ करोड ३० लाख ३६ हजार छ सय तीन रुपैयाँको कारोवार भएको छ ।