भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो, २४ घण्टामा १३५८ जनाको मृत्यु
९ असार, काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको भएपनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा १३५८ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ५० हजार ८४८ संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ९० हजार ६६० पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या ३ करोड २८ हजार ७०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५० हजार संक्रमित भएका छन् भने ६८ हजार ८१७ संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २ करोड ८९ लाख ९४ हजार ८५५ संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा ६ लाख ४३ हजार १९४ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार १९८ नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १९ लाख १ हजार ५६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २९ करोड भन्दा बढीले कोरोनाको खोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्