राप्रपाको गतिहीनताको अन्त्य गर्न महाधिवेशन अत्यावश्यक, म नै नेतृत्वमा आउनुपर्छ भन्ने छैन- कमल थापा

८ असार,  काठमाडौँ । राष्ट्रपति प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको हाल कायम गतिहिनता कै अवस्थामा चुनावमा जॅादा परिणाम निराशाजनक हुनसक्ने टिप्पणी गरेका छन्  ।

अध्यक्ष थापाले सामाजिक सन्जालमा टिप्पणी गर्दै संसदको चुनाव कहिले हुन्छ भन्ने अदालतको फैसलामा भर पर्ने बताउदै आगामी फागुन-चैतमा स्थानीय चुनाव निश्चित रुपमा हुने बताएका छन् । उनले राप्रपामा हाल कायम गतिहिनता कै अवस्थामा चुनावमा जॅादा परिणाम निराशाजनक हुन चेतावनी दिदै त्यसले पार्टीको भविष्यलाई प्रभावित गर्ने बताएका छन् ।

उनले अहिले पार्टीमा देखिएको गतिहीनताको अन्त्य गर्न महाधिवेशन आवश्यक भएको बताउदै नेतृत्वमा जो आएपनि आफुलाई फरक नपर्ने बताएका छन् ।

उनले भनेका छन्-

संसदको चुनाव कहिले हुन्छ,अदालतको फैसलामा भर पर्छ।तर,आगामी फागुन/चैतमा स्थानीय चुनाव हुने निश्चित छ । राप्रपामा हाल कायम गतिहिनता कै अवस्थामा चुनावमा जॅादा परिणाम निराशाजनक हुनसक्छ । त्यसले पार्टिको भविष्यलाई प्रभावित गर्छ त्यसैले स्वास्थ मापदण्डको पालनागर्दै महाधिवेशनको तयारीमा जुटौं ।

पार्टीमा हाल कायम गतिहिनता अन्तगर्न महाधिवेशन अनिवार्य छ । महाधिवेशनले नयॅा नेतृत्व छनौट  र नयॅा कार्यदिशा तयार गर्छ । म नै नेतृत्वमा आउनु पर्छ भन्ने जरूरी छैन । पार्टी कार्यकर्ताहरूको बिश्वास जितेर नयॅा/पुराना/युवा जो आएपनि त्यसले पार्टीलाई गतिशील/बलियो बनाउॅछ । जनता राप्रपा खोजिरहेछन् ।