क्लब हाउसमा प्रहरी अधिकृतको फोटो दुरुपयोग गर्ने युवक पक्राउ

८ असार,  काठमाडौं । अडियो शेयरिङ प्लेटफर्म क्लबहाउसमा नेपाल प्रहरीका अधिकृतहरुको फोटो दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

साइबर ब्युरोक अनुसार पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठ रहेका छन् ।

क्लब हाउसमा रुम बनाएर प्रहरी अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गरेको अभियोगमा उनलाई ब्युरोले पक्राउ गरेको जानकारी दिएको छ ।

ब्युरोका एसएसपी नविन्द अर्यालले श्रेष्ठलाई हाल सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।