अर्जेन्टिनाको कोपा अमेरिकामा दोस्रो जित, चिली र उरुग्वे बराबरीमा रोकिए

८ असार,  काठमाडौँ । कोपा अमेरिका अन्तर्गत अर्जेन्टिनाले पराग्वेलाई पराजित गरेको छ ।

मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले पराग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा खेलको १०औ मिनेटमा अलेजानड्रो गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको छ ।

त्यस्तै मंगलबार बिहाननै भएको खेलमा उरुग्वे र चिली १-१ गोलको बराबरीमा रोकिएका छन् । खेलमा दुवै गोल चिलीले गरेको थियो । चिलीका लागि खेलको २६औ मिनेटमा एडुआर्ड़ोले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ६६औ मिनेटमा चिलीका अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो ।

आजको जितपछि अर्जेन्टिनाको ३ खेलमा ७ अंक भएको छ र समुह ए मा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै पराग्वेको भने २ खेलमा ३ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै चिलीको ३ खेलमा ५ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ भने उरुग्वेको २ खेलमा एक अंक भएको छ ।