आज पनि बढ्यो सुनको मूल्य
८ असार, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले बढेर ९१ हजारमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको ९० हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला ५ रुपैँयाले बढेर प्रतितोला १३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्