स्मार्टफोनको क्यामराले जाच्ने भयो छाला र मुखका ब्याक्टोरिया !

६ असार,  काठमाडौँ । अब मोबाइल फोनको क्यामाराबाट ब्याक्टोरिया पट्ट लगाउन सकिने भएको छ । अमेरिकी वैज्ञानिकहरुले मोबाइलको क्यामराबाट ब्याक्टोरिया पत्ता लगाउने प्रविधिको विकास गरेका हुन् ।

वैज्ञानिकहरुले क्यामरामा एलइडी ब्ल्याक लाइट जोडेर विकास गरेको प्रविधिले मुखमा रहेका ब्याक्टोरिया क्यामराबाट हेर्न सकिने प्रविधिको विकास गरेका छन् ।  यसरी मोबाइलको क्यामराले मुखको स्क्यान गर्न दातमा रहेका ब्याक्टोरिया चम्किलो देखिएको बताइएको छ । 

यो प्रवाधि तयार गर्ने वाशिंगटन युनिभर्सिटीका वैज्ञानिकहरुले स्मार्ट फोनबाट अब घरबाट नै ब्याक्टोरिया जाँच गर्न सकिने हुने भएको बताएका छन् ।  यस डिभाइसबाट घरमै बसेर ब्याक्टोरिया छ छैन भन्ने थाहा पाउन सकिने छ । 

अनुसन्धानकर्ता डा. रुइकेन्ग व्यागले छाला र मुखका ब्याक्टोरियाले हाम्रो स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै यसको सहज जाँचले मानिसहरुमा थप सचेतना आउने बताए । 

ब्याक्टोरिया जाँचको लागि मोबाइलको क्यामरामा ३डी  रिंग भएको मोबाइल क्यामरामा १० एलइडी लाइट लगाइएको छ । ब्याक्टोरियाले खास किसिमको तरंग छोड्ने हुनाले साधारण क्यामराको पकडमा नआउने बताउदै अनुसन्धानकर्ताहरुले ब्ल्याक एलइडी लाइटमा ति तरंग देख्न सकिने र ब्याक्टोरिया छ छैन पत्ता लगाउन सकिने बताएका छन् । 

साथै यस किसिमको मोबाइल क्यामराले छालामा रहेका ब्याक्टोरिया पनि देखिने बताइएको छ ।