स्पेन लगातार दोस्रो खेलमा बराबरीमा रोकियो

६ असार,  काठमाडौँ । युरोकप अन्तर्गत स्पेन पोल्याण्डसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा स्पेन पोल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

स्पेनले खेलको २५औ मिनेटमा अल्भारो मोराटाको गोलमा शुरुवाती अग्रता लिएको भएपनि खेलको ५४औ मिनेटमा रोबेर्ट लेवानडोस्कीको गोलमा पोल्याण्डले खेल बराबरी गरेको थियो ।

त्यस्तै यस खेलमा स्पेनले खेलको ५८औ मिनेटमा पाएको पेनाल्टी मिस गरेको थियो । स्पेनका लागि जेरार्ड मोरेनोले पेनाल्टी मिस गरेका थिए ।

यो बराबरीपछि स्पेन लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । यस अघि पहिलो खेलमा स्विडेनसँग पनि गोलरहित बराबरीमा रोकिएको थियो ।

समुह इ मा रहेको स्पेनको २ खेलमा २ अंक रहेको छ भने पोल्याण्डको २ खेलमा एक अंक रहेको छ ।

त्यस्तै समुह इ मा स्विडेनको २ खेलमा ४ अंक रहेको छ भने स्लोभाकियाको २ खेलमा ३ अंक रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा स्पेनले स्लोभाकियासँग र पोल्याण्डले स्विडेनसँग खेल्ने छ ।