चीनको सीमामा पहिरोका कारण नदी थुनियो, तामाकोशीको तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

६ असार,  काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

चीनको सीमा क्षेत्रमा रहेको टिनग्री काउन्टी र रोंगजिया शहर र सो को आसपासको क्षेत्रमा भारी बर्षासँगै पहिरो आउदा नदिको प्रवाह रोकिएको सूचना आएकोले नेपाल-चीन सीमा नजिकको बस्ती तथा तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम हुन सक्ने जानकारी दिएको छ ।

सो क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क रहन र कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थान तर्फ जान र स्थानीय तह तथा सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन समेत अनुरोध गरेको छ ।