विश्वकै तेस्रो ठुलो हिरा भेटियो
४ असार, काठमाडौँ । अफ्रिकी देश बोत्सवानामा विश्वकै तेस्रो ठुलो हिरा भेटिएको छ ।
१०९८ क्यारेटको यो हिरा देबस्वाना डायमण्ड कम्पनिले राष्ट्रपति मोग्वेत्सीलाई उपहारमा दिएको मिडिया रिपोर्टमा जनाइएको छ । देबस्वाना डायमण्ड कम्पनिको ५० बर्षको इतिहासमा पहिलो पटक बहुमुल्य हिरा भेटिएको बताइएको छ । योभन्दा अघि दुई ठुला हिरा पनि अफ्रीकामा नै रहेका छन् ।
संसारको अहिलेसम्मको बहुमुल्य हिरा १९०५ मा अफ्रिकामा भेटिएको थियो । क्यूलीयन स्टोन नाम राखिएको यस हिरा ३१०६ क्यारेटको रहेको छ । यो विश्वको अहिलेसम्मको सबैभन्दा ठुलो हिरा हो ।
त्यस्तै अर्को दोस्रो ठुलो हिरा २०१५ मा बोत्सवानामै पाइएको थियो । ११०९ क्यारेटको यो हिरालाई लेसेडी ला रोना नाम दिइएको थियो ।
अहिले भेटिएको यो हिरा ७२ एम एम लामो र ५२ एमएम चौडा रहेको छ । साथै यो २७ एमएम मोटो रहेको छ । यस हिराको हाल नामकरण गर्न बाँकी रहेको बताइएको छ । बोत्सवाना सरकारले छिट्टै यस हिराको नामाकरण गरिने बताएको छ । बोत्सवाना अफ्रीकाको सबै भन्दा ठुलो हिरा उत्पादन हुने देश मानिन्छ ।
प्रतिकृया दिनुहोस्